निजगढका शैक्षिक संस्थाहरूलाई ‘जी टेन’ समूहद्वारा पंखा वितरण
वि.सं.२०८२ जेठ ३१ शनिवार २३:३१

बारा—निजगढ नगरपालिका भित्रको एक सक्रिय युवा समूह ‘जी टेन’ ले आफ्नो सहभागिताको अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्दै सामुदायिक विद्यालयहरुलाई पंखा वितरण गरेको छ ।
गर्मीको चर्को बढ्दो प्रभावलाई ध्यानमा राख्दै समूहले निजगढ–१३ डमम्वरपुरस्थित शिवशक्तेश्वर आधारभूत विद्यालय, भगवती आधारभूत विद्यालय, र निजगढ–२ स्थित लोकप्रिय आधारभूत विद्यालयमा पंखा वितरण गरेको हो ।

निजगढ १३ डम्बरपुरस्थित श्री शिव शक्तेश्वर आधारभूत विद्यालयमा ५ थान, निजगढ १३ भक्तलालस्थित श्री भगवति आधारभूत विद्यालयमा ५ थान, निजगढ २ स्थित लोकप्रिय आधारभूत विद्यालयमा ८ थान, निजगढ ३ स्थित श्री सरस्वति आधारभूत विद्यालयमा ४ थान, निजगढ ६ स्थित श्री बालविकाश आधारभूत विद्यालयमा ४ थान र निजगढ ४ स्थित श्री जनकल्याण आधारभूत विद्यालयमा ४ थान पंखा वितरण गरिएको हो ।

समूहका सदस्यहरूका अनुसार विद्यार्थीहरूको पठनपाठनमा सहज वातावरण सिर्जना गर्ने उद्देश्यले यो पहल गरिएको हो । समूहले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यालय प्रशासनले उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहकार्यले विद्यार्थीको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।
१२ जनाको समुहमा मनोज रेग्मि, मणिश्वर घिमिरे, प्रमोद सुवेदी, नविन खनाल, युवराज दाहाल, राजेश चौधरी, दिलिप यादव, कृष्ण सिं, मुकुन्द बिष्ट, डा. एलिश खडका, चिरन्जिबि घिमिरे, अनिश पोखरेल छन् ।
वि.सं.२०८२ जेठ ३१ शनिवार २३:३१

















