skip this farak Kura Pravakar

चुनाव जितेपछि बारा–१ का रास्वपाका गणेश धिमालको पहिलो काम सडक सरसफाई

246 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा — प्रतिनिधिसभा निर्वाचन क्षेत्र बारा–१ मा अग्रता लिँदै चुनाव जित्ने नजिक पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमाल चुनावी व्यस्तताकै बीच सडक सरसफाईमा उत्रिएका छन्।

निर्वाचन प्रचारप्रसारका क्रममा सडकमा जथाभावी फालिएका पोस्टर, पम्प्लेट तथा अन्य फोहोरले वातावरण प्रदूषित भएको भन्दै धिमाल स्वयं सरसफाई अभियानमा सहभागी भएका हुन्। आफ्ना समर्थक तथा स्थानीय युवासँगै उनले सडक तथा सार्वजनिक स्थलमा रहेका चुनावी सामग्री र फोहोर संकलन गरेका थिए।

सरसफाई अभियानका क्रममा धिमालले भने, “चुनावका बेला हामीले नै पोस्टर टाँसेका छौं, पर्चा बाँडेका छौं। त्यसैले चुनावपछि भएको फोहोर सफा गर्ने जिम्मेवारी पनि हाम्रो नै हो।”

उनले चुनावी प्रतिस्पर्धा सकिएपछि पनि समाजप्रति जिम्मेवार बन्नुपर्ने बताउँदै स्वच्छ र सफा वातावरणका लागि सबै राजनीतिक दल र कार्यकर्तालाई आ–आफ्नो फोहोर आफैं व्यवस्थापन गर्न आग्रह गरेका छन्।

स्थानीय बासिन्दाले पनि उम्मेदवार आफैं सरसफाईमा उत्रिएको दृश्य सकारात्मक सन्देश भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस्तो अभ्यासले राजनीति मात्र होइन, सामाजिक जिम्मेवारीको भावना पनि बलियो बनाउने अपेक्षा गरिएको छ।

यस अभियानमा धिमालका समर्थक, स्थानीय युवा तथा सर्वसाधारण समेत सहभागी भएका थिए।

nijgadh-supermart-adz1200-630