निर्वाचनमा तालमेल गर्नुपर्ने बाध्यता भएको कांग्रेसका महामन्त्री शर्माको भनाई
वि.सं.२०७९ वैशाख २१ बुधवार १४:५०

काठमाडौं । घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । आज कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गरेका हुन् ।एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माले बताए । कांग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताए ।
कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपर्ने बाध्यता भएको महामन्त्री शर्माले बताए । संविधानलाई ठीक ठाउँमा ल्याउन गठबन्धन बाध्यतात्मक भएको उनको भनाइ छ ।अहिले नेपाली कांग्रेस ७५३ स्थानीय तहमध्ये ६२४ स्थानको प्रमुख लिएर लडिरहेको उनको भनाई छ । अहिलेको बेलामा संविधानलाई ठीक ठाउँमा ल्याउन कुन प्रवृत्तिलाई बलियो बनाउने भन्ने पहिलो प्रथामिकता भउको बताए । तालमेलबाट कांग्रेस स्थानीय तह निर्वाचनमा मात्र होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि ठूलो दल बन्ने उनको भनाई छ ।
वि.सं.२०७९ वैशाख २१ बुधवार १४:५०

















