काभ्रेको रोशीमा मिनीबस र जिप ठोक्किँए, ५ जनाको मृत्यु
वि.सं.२०७९ वैशाख २१ बुधवार १४:४०
1.1K
shares

काठमाडौं ।काभ्रेको रोशीमा मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो ।
भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
वि.सं.२०७९ वैशाख २१ बुधवार १४:४०

















