तास खेल्दा खेल्दै गोकर्णेश्वर –३ का वडाध्यक्ष कुइकेल पक्राउ
वि.सं.२०८० वैशाख २२ शुक्रवार १६:५०
2.47K
shares

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–३ का वडाध्यक्ष मुरारीप्रसाद कुइकेल तास खेल्दा खेल्दै पक्राउ परेका छन्।
नेकपा एमालेवाट निर्वाचित उनी जोरपाटीबाट पक्राउ परेका हुन्।
उनलाई प्रहरीवृत्त बौद्धमा ल्याइएको छ। वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा उनी विजयी भएका थिए।
सुल्ताखान बसपार्क नजिकै एक स्थानीयको घरमा बिहानदेखि नै तास खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।
महानगरीय प्रहरी वृत्त बौद्वको टोलीले तास खेलिरहेका वडाअध्यक्ष कुइकेलसहितको टोलीलाई पक्राउ गरेको हो।
वि.सं.२०८० वैशाख २२ शुक्रवार १६:५०

















