skip this

समाजवादी काँग्रेसतर्फ किन सोझियो पूर्वराजा ज्ञानेन्द्रको नजर ? चुनाव बहिष्कारको घोषणा

1.96K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था, हिन्दुराज्य र संघियताको खारेजी सहितका मुद्दा उठाएर विभिन्न किसिमका आन्दोलन गर्दै आएको नेपाल समाजवादी काँग्रेसले निर्वाचन बहिष्कार गर्ने अभियानलाई देशब्यापी बनाएको छ।

पूर्वको झापादेखि सुदुरपश्चिमको कैलालीसम्म समाजवादी काँग्रेसले निर्वाचन बहिष्कारको कार्यक्रमलाई आक्रामक बनाएको हो।

पूर्वकै ब्यापारिक र राजनीतिक नगरी बिर्तामोडबाट शुरु भएको अभियानले कैलालीसम्म आकार बढाएको छ।

पार्टीले झापाको बिर्तामोड, दमक, सुनसरीको इटहरी, मोरंगको बिराटनगर, सिरहाको लाहान, बारा, पार्सा, मकवानपुर, चितवन नवलपरासी, दाङ, नेपालगंज, बर्दिया, कैलाली, धनगढ़ी लगायतका क्षेत्रमा निर्वाचन बहिष्कार सम्बन्धि ब्यानर पर्चा पम्पेट वितरण लगायतका आन्दोलनजन्य कार्यक्रमलाई तिब्रता दिईएको अध्यक्ष गाेविन्द निराैला बताए ।

स्वदेशमा मात्र नभई बेलायतमा पनि निर्वाचन बहिष्कारको कार्यक्रमले गति लिएको समाजवादी काँग्रेसले जनाएको छ।

प्रजातन्त्रको जननी भन्ने बेलायतमा आन्दोलनको कार्यक्रम अन्तर्गत नेपाली जनसमुदाय र भूपू गोर्खा बीच अन्तरक्रियात्मक कार्यक्रम गरिएको हाे।

पार्टी उपाध्यक्ष पुष्प राणा घलेको अगुवाईमा गतिबिधि संचालन भएको बुझिएको छ । राणा भूपू गोर्खा सत्याग्रही समेत हुन् ।

`आन्दोलनकाे ज्वारभाटा ल्याउँछाैं´

नागरिक आन्दोलनको तयारी स्वरुप आन्दोलन उठाउने जग निर्माणमा पार्टीले आधार तयार गर्न थालेको पार्टीका केन्द्रीय अध्यक्ष गोबिन्द निरौलाले बताए। `अबको आन्दोलनले राजनीतिक ज्वारभाटा ल्याउने हाे,´अध्यक्ष निराैलाले भने- त्यसैको बलमा वर्तमान सत्ता धुलिसात पार्छाैं ।´

स्वदेशी र बिदेशी खुफिया शक्तिको निगरानीमा रहेको सो पार्टीले आफ्नै बलबुताले शक्ति संचय गर्दै निर्णायक धक्का दिने अन्तिम कसरत गरिरहेको जनाएको छ । अहिले सम्म कोहि कसैसंग हात नथापी कसैको जुठोपुरो नखाई आन्दोलनमा होमिएको उक्त पार्टीलाई चौबिस क्यारेटको राष्ट्रबादी पार्टी भएको विशेषण केही राजनीतिक विश्लेषकले दिने गरेका छन्।

पुर्वराजाकाे चासाे

निर्मलनिवास निकट उच्च श्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र समेतले समाजवादी काँग्रेसको गतिबिधि र त्यसको नेतृत्व प्रति चासो राख्न थालेका छन्।

समाजवादी तथा प्रजातन्त्रवादी नेता अध्यक्ष निरौलाको ग्रेट हिमालय बिचारले स्वदेशी देखि बिदेशीसम्मका दिग्गजहरुको मथिंगल हल्लेको चर्चा राजनीतिक वृतमा हुने गरेको छ । मधेशका मसिहा ठान्ने केही नेता यतिबेला निरौलासंग हिमचिम बढाउन श्रोतको खोजीमा रहेको बुझिएको छ।

निर्वाचन बहिष्कारको माहोल र ग्रेट हिमालय बिचारले समाजवादी काँग्रेस पछिल्ला दिनमा सबैको नजरमा पर्न थालेको छ ।

nijgadh-supermart-adz1200-630