एमाले ,क्व्होलासोथार अध्यक्षको उम्मेदवारमा गुरुङ सिफारिस
वि.सं.२०७९ वैशाख ५ सोमवार ०८:२६
1.37K
shares

काठमाडौं । नेकपा (एमाले)ले लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्षको उम्मेदवारमा सूर्यप्रसाद गुरुङलाई सिफारिस गरेको छ ।एमाले जिल्ला सदस्य रहेका गुरुङलाई गाउँ कमिटीले एकल उम्मेदवारमा सिफारिस गरेको हो ।
यसअघि उनी गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख स्वकीय सचिवसमेत थिए ।उपाध्यक्षमा केशकुमारी गुरुङ, गमीमाया गुरुङ, सूचना गुरुङ र गोविन्दकुमारी गुरुङलाई माथिल्लो कमिटीमा सिफारिस गरिएको छ ।नौ वटा रहेको क्व्होलासोथारमा एमालेले सात वटा वडाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । तर, वडा नम्बर १ मा पाँच जना र ९ मा दुई जनाले दाबी गरेका छन् ।
वि.सं.२०७९ वैशाख ५ सोमवार ०८:२६

















