सिभिल इन्जिनियर अधिकारीको पहिलो गीत मुटुमा सही छाप गरेथें मैले.. रेकर्डिङ
वि.सं.२०७९ भदौ २५ शनिवार १०:२३

काठमाण्डौं–नागरिक उड्यान प्राधिकरण काठमाण्डौंमा कार्यरत सिभिल इन्जिनियर हरि अधिकारीको पहिलो गीत रेकर्ड भएको छ ।
अधिकारीको शब्द रहेको मुटुमा सही छाप गरेथें मैले.. गीतमा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत संयोजन रहेको छ । स्टुडियो साउण्ड डिजाइन नक्सालमा गीत रेकर्डिङ भएको हो ।अधिकारीकै स्वरमा रहेको गीतको एरेन्जर मनोहर सुनाम र भोला पौडेलले रेकर्डिङ गरेका हुन् ।
पहिलो प्रयास
अधिकारीले सामाजिक सञ्जालमा मार्फत गीत रेकर्डिङ भएको शनिबार जानकारी गराएका छन् । उनले लेखेको छन्–‘सांगीतिक क्षेत्रमा प्रवेश गर्ने आफ्नो यो मेरो पहिलो प्रयास भएको हो । यसलाई साकार पार्नु हुने संगीतकार शक्ति बल्लभ र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने गायक नविन कार्की प्रति आभार प्रकट गर्दै सबैजनालाई हार्दिक धन्यवाद ।’
वि.सं.२०७९ भदौ २५ शनिवार १०:२३
















