skip this farak Kura Pravakar

पुराना दलले केही गरेन भन्नु अघि विगत सम्झिनुपर्छ : वडाध्यक्ष हरिदेव खरेल

771 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले समाज र राजनीतिक परिवर्तनलाई नकारात्मक दृष्टिकोणबाट मात्र नहेर्न आग्रह गरेका छन् । उनले विगतको अवस्था सम्झिएर वर्तमानको मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत वडाध्यक्ष खरेलले भने, “भाइबहिनीहरू धेरै नकारात्मक होइन। पुराना दलहरूले केही गरेन भन्नुभन्दा पहिले विगतमा हाम्रो समाज र देशको अवस्था कस्तो थियो भन्ने कुरा एकपटक अभिभावकलाई सोध्नुस् ।”

उनका अनुसार विगतको तुलनामा अहिले शिक्षा, स्वास्थ्य, सडक, सञ्चार तथा जनचेतनाको क्षेत्रमा उल्लेखनीय सुधार भएको छ । विकासका कामहरू क्रमिक प्रक्रियाबाट अघि बढ्ने भएकाले सबै उपलब्धि तुरुन्तै देखिन नसक्ने उनले बताए ।

खरेलले युवापुस्तालाई आलोचनासँगै सकारात्मक मूल्याङ्कन गर्न र समाज निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरे । उनले लोकतान्त्रिक प्रणालीमार्फत प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्दै अझ सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गरिरहेकाले नागरिकले तथ्य र वास्तविकताको आधारमा धारणा बनाउनुपर्ने उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630