skip this

दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगितामा वडा १३ को विजयी सुरुवात

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगितामा वडा १३ को विजयी सुरुवात गरेको छ ।

निजगढ–९ स्थित शहीद हिराला रंगशालामा शनिवार भएको उद्धघाटन खेलमा वडा नं. ५ को टिमलाई सडनडेथमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

सडनडेथमा ३ गोलका विरुद्ध वडा नं. १३ को टिमले ४ गोल गरी पहिलो जीत निकालेको हो । वडा नं. १३ का जर्सी नं. १५ का प्रितम लामाले पहिलो हाफको १३ औं मिनेटमा पहिलो गोल गरे । निक्कै प्रतिस्पर्धात्मक रहेको खेलमा वडा नं. ५ का जर्सी नं. ७ का सुजल वलले खेलको दोस्रो हाफको ८ औं मिनेटमा गोल फर्र्काएसंगै निर्धारित खेल समयमा समान एक÷एक गोलले बरावरी अंक प्राप्त गरेसंगै पेनाल्टीमा जानुु परेको थियो । सो पेनाल्टी मार्फत भएको खेलमा सडनडेथमा वडा नं. ५ को टिमलाई ३ गोलका विरुद्ध वडा नं. १३ को टिमले ४ गोल गरी पहिलो जीत निकालेको हो ।

आजको खेलको म्यान अफ दि म्याच वडा नं. १३ का जर्सी नं. १५ का प्रतिम लामा घोषित भए । उनलाई विकल रेग्मीका आमा कमला रेग्मीले ट्रफि प्रदान गरेकी थिईन् ।

यसअघि निजगढ नगरप्रमुुख सुुरथ पुुरीले प्रतियोगिताको उद्धघाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पुरीले गत वर्ष पहिरोमा परेर ज्यान गुमाएका एन्फा एकेडेमीका प्रशिक्षार्थी खेलाडी निजगढ नगरपालिकाका विकल रेग्मीको स्मृतिमा निजगढ नगरपालिकाले प्रतियोगिता सञ्चालन गरेको बताएका छन् । कार्यक्रममा स्व. विकल रेग्मी, निजगढ फुटबल क्लवका अध्यक्ष स्व. शम्भुु थापामगरको तस्विरमा माल्यार्पण गरे ।

कार्यक्रममा निजगढ नगरप्रमुख सुुरथ पुरी, नगर उपप्रमुख सोममाया थिङ्ग, स्व. विकल रेग्मीका आमा कमला रेग्मी, निजगढ फुटबल क्लवका अध्यक्ष स्व. शम्भुु थापामगरका धर्मपत्नी विनुु थापामगर, निजगढ नगरपालिका शिक्षा अधिकृत उत्तम लामिछाने, निजगढ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, ६ का घनश्याम तिमल्सिना, ११ का सहईया गुरो, १२ का ज्ञानबहादुर गोले, १३ का सुर्य घलान, कार्यपालिका सदस्य सर्मिला विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद ब्यवस्थापन सुुरक्षा वेस निजगढका प्रमुुख सन्दिप अर्याल, राष्ट्रिय खेलाडी समिर तामाङ्गका पिता बुुद्ध तामाङ्ग, संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि लगायत सहभागी थिए ।

निजगढ फुटबल क्लवका कार्यबहाक अध्यक्ष दिनेश श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन निजगढ फुटबल क्लवका सचिव नारायण लामाले गरेका थिए । निजगढ नगर खेलकुुद विकास समितिको आयोजना र निजगढ फुटवल क्लवको ब्यवस्थापनमा सो प्रतियोगिता आयोजना गरिएको हो । खेलमा मुुख्य रेफ्री नीलकमल चौधरी, सहायक रेफ्री लिलाम्बर चौधरी, राजुु चौधरी, फोर्थ अफिसियल रियाजुल स्लाम रहेका थिए ।

प्रतियोगिता अन्तर्गत आईतबार दुई वटा खेलहरु हुनेछन् । पहिलो चरणको खेल वडा नं. १ र वडा नं. १२ र दिउसो २ बजे र दोस्रो चरणको खेल वडा नं. ३ र वडा नं. ८ टिम बिच दिउसो ३ बजे हुुने जनाएको छ ।

nijgadh-supermart-adz1200-630