skip this

तीजको सामूहिक दर कार्यक्रम स्थगित गरी माथिल्लो सिमलचौर स्वास्थ्य आमा समूहद्वारा १५ हजार सहयोग

99 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- भदौ १० गते रसुवा, धादिङ, गोरखा र तनहुँमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि बारा जिल्लाको एक आमा समूहले आर्थिक सहयोग गरेको छ।

बारा नगरपालिका–३ स्थित माथिल्लो सिमलचौर स्वास्थ्य आमा समूहले यस वर्षको तीज पर्वको सामूहिक दर कार्यक्रम स्थगित गरी त्यसबाट जोगिएको रु. १५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको समुहकी सदस्य सुनिता सापकोटाले जानकारी दिईन् ।

समूहले विपद्को यस दुःखद् घडीमा सानो सहयोगले पनि ठूलो सन्तुष्टि मिल्ने बताउँदै बाढीपहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ र पुनःस्थापनाको कामना गरेको छ।

माथिल्लो सिमलचौर स्वास्थ्य आमा समूहले विपद्को समयमा सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत आग्रह गरेको छ।

nijgadh-supermart-adz1200-630