माओवादी नेता खातीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
वि.सं.२०७८ माघ १७ सोमवार १०:१४

नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाका उपाध्यक्ष एवंम समाजसेवी उद्धव खातीले तामाकोशी गाउँपालिकाको वडा नम्बर ५ सहरे स्वास्थ्य चौकीका लागि दुई वटा हस्पिटलबेड हस्तान्तरण गरेका छन् ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे स्वास्थ्य चौकिका इन्चार्ज युवराज के.सीलाई खाती आफैले हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा कार्यवाहक अध्यक्ष अर्घलाल चौलाईले समाजसेवि खातीलाई धन्यवाद व्यक्त गरेका छन् । स्वास्थ्य चौकीका कर्मचारीका अनुसार औषधी राख्ने दराजको खाँचो रहेको जानकारी गराए । खातीले यस अघिपनि स्वास्थ्य चौकीका लागि अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण गरिसकेका थिए ।
स्वास्थ्य क्षेत्र अत्यन्त संबेदनशिल क्षेत्र भएकाले आफुले केहि खर्च कटाएर समाग्री हस्तान्तरण गरेको बताए । आफ्नो ठाउँमा रहेका जनतालाई स्वास्थ्य उपचारमा थप सहयोग पुग्ने उनको भनाई छ ।
कार्यक्रममा नेकपा माओवदी केन्द्र तामाकोशी गाउँपालिकाका अध्यक्ष शम्भु फुयाँल लगाएत जिल्ला स्तरीय नेताको उपस्थिति रहेको थियो । खाती हाल नेकपा (माओवादी केन्द्र) तामाकोशी गाउँपालिका वरिष्ठ उपाध्यक्ष छन् ।
खाती पार्टीको प्रदेश कमिटीमा दलित कोटाबाट जाने तरखरमा छन्, जिल्लामा उनी सिनियर दाद्लित नेता हुन् ।
वि.सं.२०७८ माघ १७ सोमवार १०:१४

















