skip this farak Kura Pravakar

कान्ति अस्पतालद्वारा १७ नर्ससहित ४२ कर्मचारी माग

531 shares
oil-nigam-amlekhgunj-adv.jpeg

कान्ति बाल अस्पतालले आर्थिक वर्ष २०८२/०८३ का लागि ४२ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

अस्पतालले मेडिकल अधिकृत, बायोमेडिकल इन्जिनियर र स्टाफ नर्स पदका लागि आवेदन माग गरेको छ।
इच्छुक उम्मेदवारले मंसिर ४ देखि १८ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ, छनोट लिखित परीक्षा र अन्तर्वार्ताबाट हुनेछ।
काठमाडौँ । कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले बिहीबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त रहेका पदमा पदपूर्ति गर्न ४२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहका २४ जना मेडिकल अधिकृत, आठौँ तहकै एक जना बायोमेडिकल इन्जिनियर र पाँचौँ तहका १७ जना स्टाफ नर्सका लागि आवेदन मागिएको छ । नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले रितपूर्वक दरखास्त दिन सक्नेछन् । छनोट हुने कर्मचारीले नेपाल सरकारको प्रचलित स्केल बमोजिमको तलब सुविधा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।

आवेदन दिन चाहने उम्मेदवारहरूले मङ्सिर ४ गतेदेखि मङ्सिर १८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ । दरखास्त फाराम अस्पतालको वेबसाइटबाट डाउनलोड गरी वा अस्पतालमै सम्पर्क गरी भर्न सकिने व्यवस्था मिलाइएको छ । आवेदनका लागि मेडिकल अधिकृत र बायोमेडिकल इन्जिनियर पदका लागि एक हजार २०० रुपियाँ तथा स्टाफ नर्सका लागि ७०० रुपियाँ दस्तुर तोकिएको छ । आवेदकले हिमालयन बैंकको महाराजगञ्ज शाखामा रहेको अस्पतालको खातामा रकम जम्मा गरेको सक्कल भौचर फारामसाथ पेस गर्नुपर्नेछ ।

उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट गरिनेछ । निवेदकले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी स्वप्रमाणित गरी पेस गर्नुपर्नेछ । विदेशबाट अध्ययन गरेकाहरूको हकमा भने समकक्षता निर्धारण भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

nijgadh-supermart-adz1200-630