skip this

निजगढको खयरघारीमा समुदायमा आधारित रोग निगरानी प्रणालीबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

36 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–निजगढ नगरपालिकाको आयोजना तथा The Pandemic Fund, UNICEF for Every Child र PHED Nepal को सहकार्यमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी समुदायका सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

निजगढ नगरपालिका-८, खयरघारीस्थित बकैया नागमणि सामुदायिक वन समूहको सभाहलमा आयोजित कार्यक्रममा समुदायस्तरमा देखिने स्वास्थ्यसम्बन्धी घटना तथा सम्भावित रोगको समयमै पहिचान, सूचना संकलन र सम्बन्धित स्वास्थ्य निकायसम्म जानकारी पुऱ्याउने विषयमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण PHED Nepal की कार्यक्रम अधिकृत नम्रता सिलवालले गर्नुभएको थियो। कार्यक्रममा निजगढ नगरपालिका वडा सदस्य शालिकराम ढुंगाना, कार्यपालिका सदस्य पवित्रा सुनार, जनस्वास्थ्य अधिकृत रमेश लामा, वडा सचिव सपना ढुंगाना, गुम्बाटोल आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख मालती यादव, प्रोटेक्सन नेपालका राहुल यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश लामाले सहभागीहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली, स्वास्थ्यसम्बन्धी घटनाको पहिचान तथा त्यसको सूचना प्रवाहका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि, शिक्षक तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई स्वास्थ्यसम्बन्धी जानकारी तथा निगरानी प्रणालीबारे थप जानकारी लिन सहयोग पुग्ने हाते पुस्तकसमेत वितरण गरिएको थियो।

कार्यक्रममा समुदायमा कुनै पनि जनस्वास्थ्यसम्बन्धी घटना वा सम्भावित रोग देखिएमा त्यसको सूचना सम्बन्धित स्वास्थ्य संस्था तथा हेलो स्वास्थ्य १११५ मा समयमै पुऱ्याउन समुदायले महत्वपूर्ण भूमिका खेल्नुपर्ने विषयमा विशेष चर्चा गरिएको थियो ।

समुदायस्तरमै स्वास्थ्यसम्बन्धी जोखिम तथा रोगको प्रारम्भिक पहिचान गरी समयमै सूचना प्रवाह गर्न सके सम्भावित महामारी तथा स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने कार्यक्रमका सहभागीहरूले बताएका थिए ।

nijgadh-supermart-adz1200-630