skip this farak Kura Pravakar

यु–१६ राष्ट्रिय फुटबल टोलीमा निजगढका हिमेश माझी समावेश

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–१६ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीमा निजगढका हिमेश माझी समावेश भएका छन् ।

प्रशिक्षक रविन्द्र सिलाकरले सोमबार घोषणा गरेको २३ सदस्यीय टोलीमा निजगढका माझी अटाएका हुन् ।

निजगढ फुटबल क्लबको उत्पादन माझी फरवार्डको भुमिका निर्वाह गर्छन् ।

भुटानमा आयोजना हुने अन्डर १६ साफ च्याम्पियनसिपकोलागी अखिल नेपाल फुटबल संघ एन्फाले देशव्यापी रुपमा खुल्ला छनोट संचालन गरेको थियो ।

भुटानको राजधानी थिम्पु स्थित चाङ्लिमिथाङ रंगशालामा सेप्टेम्बर १ देखि १० सम्म संचालन हुनेछ ।

प्रतियोगीतामा नेपाल समूह ‘ए’ मा भारत र बङ्गलादेशको समुहमा रहेको छ । समूह ‘बि’ मा आयोजक भुटान सहित माल्दिभ्स र पाकिस्तान रहेको छ ।

nijgadh-supermart-adz1200-630