व्यक्तिगत खर्चमा पुलामीले गरे निजगढको नेत्रोदयका २१ विद्यार्थीलाई व्याग सहयोग
वि.सं.२०८० भदौ ५ मंगलवार १०:५०
1.21K
shares

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर ७ का खड्गबहादुर पुलामी मगरले व्यक्तिगत खर्चमा गाउँको एक विद्यालयका विद्यार्थीलाई व्याग सहयोग गरेका छन् ।
नेत्रोदय माध्यमिक विद्यालयका गरिव, असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य अनुसार समाजसेवी पुलामीले मंगलबार व्याग हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा कक्षा १ देखि कक्षा ७ मा आध्यायरत विद्यार्थीहरुलाई २१ वटा व्याग वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन डिसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलबहादुर अस्थानी मगरलगायत शिक्षक, कर्मचारीको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक बुद्धिबहादुर रानाले गरेका थिए ।
वि.सं.२०८० भदौ ५ मंगलवार १०:५०
















