ललितपुर जिल्लामा डेङ्गु रोगको सङ्क्रमित फेला
वि.सं.२०७९ साउन १६ सोमवार १४:२४
3.67K
shares

काठमाडौं । ललितपुर जिल्लामा डेङ्गु रोगको सङ्क्रमित फेला परेका छन्। ललितपुर महानगरका वडा नं ५ र १४ तथा महालक्ष्मी नगरपालिकाका केही वडामा सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.सतिश विष्टले बताएका छन्।
मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेको उनले बताएका छन् । हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको उनले जानकारी दिए।
वि.सं.२०७९ साउन १६ सोमवार १४:२४

















