skip this

११ औं राष्ट्रिय खेलकुद सिमरा रंगशालामा कति सम्भव ?

खेलकुद मन्त्रीलाई मेयर पौडेलले बुझाए ज्ञापन

2.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजना गर्ने बारे गृहकार्य सुरु भएको छ ।

१० औं ११ औं राष्ट्रिय खेलकुद पोखरामा आयोजना गरिएको थियो ।

गृहकार्य अन्तर्गत संघिय सरकारका खेलकुद मन्त्री दिक बहादुर लिम्बुले मधेस झरेका छन् ।

११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिषयमा छलफल गर्न जीतपुरसिमरा उपमहानगरपालिका आईपुगेका मन्त्री लिम्बुले मन्त्री लिम्बुले मन्त्री लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा गर्ने गरी छलफल भईरहेको बताए । उनले सिमरा रंगशालामा प्रतियोगिता आयोजना गर्ने बिषयमा पनि छलफल भईरहेको बताए ।

मेयर पौडेलले बुझाए ज्ञापन

सिमरा रंगशालामा आयोजना गर्न जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको लविङ गरेका छन् ।

मेयर पौडेलले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा आयोजना गरिनुपर्ने भन्दै ज्ञापन–पत्र समेत बुझाएका छन् ।
पौडेलले सिमरा रंगशाला र यस क्षेत्रको खेलको विकासमा संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेले गरेका थिए ।

कार्यक्रममा बिभिन्न खेल क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सिमरा रंगशालालाई बजेट

कार्यक्रममा सिमरा रंगशालाको विकासबारे पनि चर्चा भएको छ । मन्त्री लिम्बुले सिमरा रंगशालाको विकास गर्न सरकार गम्भिर रहेको बताएका छन् ।
सिमरा रंगशालाको स्तरउन्नती गर्न संघीय सरकारले आवश्यक बजेट बिनियोजन गरिसकेको भन्दै तीन वटै सरकार एकहुनुपर्नेमा जोड दिए । ‘केन्द्रबाट हामीले बजेट छुट्टाईसकेका छौ, अब स्थानीय सरकार र प्रदेश सरकारले पनि विशेष चासो दिनुपर्ने हुन्छ, मलाई बिश्वास छ तिन वटै सरकार एक भयौ भने सिमरा रंगशालाको पक्कैपनि विकास हुन्छ’ मन्त्री लिम्बुले भने ।

nijgadh-supermart-adz1200-630