रेलवे ट्रयाक तिन नम्बर प्याकेज अन्तर्गतको पुलको निमार्ण कार्य तिब्र गतीमा
वि.सं.२०८० साउन १७ बुधवार १२:५६

राैतहट-रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर –८ स्थित रेल्वे ट्रयाकवेडमा निमार्णधिन पुलको काम तीव्र रूपले अघि बढ्दै गएको छ ।
वर्षातको कारण साइटमा डुबानको कारण केही महिना रोकिएको सो पुलको निर्माण कार्य तीब्र रूपले अघि बढेको हो ।
रेलवेको काम अन्तर्गत पर्ने तीन नम्बर प्याकेजको निर्माण कार्य अन्यको तुलनामा स्तरीय एवं गुणस्तरीय रहेको समेत त्यहाँका स्थानीय बताउँछन् ।
निर्माण कम्पनी रौताहा हिम्डुङ्ग एण्ड थोकर कन्काई जेभिका ठेकेदार शिवहरी घिमिरेका अनुसार वर्षातका कारण निर्माण कार्य सहज नभएको हुदा पुल निमार्णको कामलाई केहि समयलाई स्थगित गरि साईडका अन्य कार्यहरु भइरहेको छ । हाल आएर केहि दिन यता सो पुलको निमार्णकार्य तिब्र गतिमा भैरहेको घिमिरेले जानकारी दिए ।
रेलवे ट्रयाक बेड अन्तर्गत बेतौनामा पर्ने पुलको विषयमा बुझ्दा सो प्याकेज अन्तर्गतको निमार्ण कार्य भईरहेको सम्बन्धित साइट हेर्ने रेल्बेका सरकारी सुपरभाईजर प्राविधिक श्याम श्रेष्ठले बताएका छन् ।
सो ट्रयाकबेडमा केही महिना अगाडि ९७ मिटर लम्बाई साढे ११ मिटर चौडाइ, ५ मिटर उचाइको सो आरयुबी ( पुल ) को पिसिसी, रयाप, डन्डीको काम सम्पन्न भैसकेको ढलान अन्तर्गतको काम जारी रहेको ठेकेदार घिमिरेले जानकारी दिएका छन् ।
मंगलबार अलपत्र छाडिएको रडमा खिया लागेको र काम अलपत्र छोडेको खबर बाहिर आएको थियाे ।
केही समय यता रेल्बे ट्रयाकवेड निमार्णका बिभिन्न प्याकेजका निमार्ण व्यवसायीहरुलाई रौतहटका केही व्यक्तिहरूले दुःख दिने काम गरेको कमिसन मागी पटक–पटक दुख दिईरहेको तथा निमार्णमा भएका कार्यहरुलाई गुणस्तहीन भन्दै साइटमा काम रोक्ने चेष्टा समेत भएको हुँदा आफूहरु दुखित हुनुपरेको निर्माण व्यवसायीको दुखेसो छ ।
केही महिना अघि उक्त सोही ट्रयाकवेड निमार्णको प्याकेज नम्बर चार को गौर सडक खण्ड देखि चादिँ नदी सम्म छुने ट्रयाकवेड गुणस्तरहिन छ भनी पटक–पटक समाचार आईरहदा रेल्वे बिभागले सो स्थानमा तत्कालै परिक्षण गर्दा ट्रयाकवेडको कमप्याक्सन रिपोर्ट मापदण्ड भन्दापनि गुणस्तरीय पाईएको थियो ।
कोरोना महामारी पश्चात थलिएर अलि राहतको सास लिन पाएका निर्माण व्यवसायीले पुनः आर्थिक संकटको सामना झेल्दै आफ्नो जीमेवारीको काम स्वतः स्फूर्त रूपले गर्दै आउँदा झमेला भोग्नु परेको गुनासो निर्माण व्यवसायको रहेको छ ।
गुणस्तरीय काममा पनि पटक–पटक रकम अशुल्ने दाउमा केहीले निमार्ण सम्बद्ध सरकारी निकाय र निमार्ण व्यवसायिलाई दु:ख दिईरहदा विकास निमार्णकार्यमा बाधा पुग्न जाने निमार्ण व्यवसायीहरु बताउछन् ।
वि.सं.२०८० साउन १७ बुधवार १२:५६

















