आचार्यको आत्मदाहमा म दोषी छु, हामी दोषी छौँ, माफ गर्नुहोला–गृहमन्त्री लामिछाने

192 shares

काठमाडौं । प्रेमप्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् । आज बिहान उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो। त्यसपछि समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु भन् दुखद भएको बताएका हुन ।

गृहमन्त्री लामिछानेले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्नबाहेक अरु केही बाँकी नरहेको उल्लेख गरेका छन् । त्यस्तै आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले माफी मागेका छन्। गृहमन्त्री लामिछानेले त्यो अवस्थाबाट आफूहरुले रोक्न नसकेको भन्दै माफी मागेका हुन्।

सामाजिक सञ्जालमार्फत लेखेका छन् , मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु।उटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।