skip this hetauda tech

टांगियाबस्ती व्यवस्थापन प्रकृया अगाडि बढाउन प्राधिकरणलाइ मेयर पाैडेलकाे आग्रह

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रकाे टांगियाबस्ती व्यवस्थापन प्रकृया अगाडि बढाउन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलकाे आग्रह गरेका छन् ।

नेपाल नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भेटेर विमानस्थल प्रभावित टांगियाबस्तीकाे उचित व्यवस्थापनकाे लागि प्रकृया थाल्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीले निजगढ विमानस्थल निर्माण प्रकृयालाई प्राथमिकता राखेकाे बताएपछि मेयर पाैडेलले बस्ती व्यवस्थापनमा चासाे राखेका हुन् ।

`बस्ती व्यवस्थापन गरेर निर्माण अघि बढाउन आवश्यक छ,´’मेयर पाैडेलले भने- त्यसका लागि नगरपालिकाले सहजिकरण गर्छ ।

भेटमा फास्ट ट्रयाक एयरपोर्ट निर्माण मुलव्यवस्थापन तथा सराेकार समितिका संयाेजक रविराज दंगाल, पत्रकार महेश्वर अधिकारी सहभागी थिए ।

महानिर्देशक अधिकारीले सरकारले प्राथमिकता राखेकाले बस्ती व्यवस्थापन लगायतका कार्य अघि बढाउन आफु सकारात्मक रहेकाे बताए ।

nijgadh-supermart-adz1200-630