skip this

मैले चुनाव उठ्नेबारे केही निर्णय गरेको छैन–कुलमान घिसिङ

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आगामी मंसिर ४ गतेको चुनावका लागि  माओवादी पार्टीभित्रबाटै काठमाण्डूमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलेको छ । देशमा लोडशेडिङ् हटाएको र भारतलाई बिजुली निर्यात गरेर प्राधिकरणको आर्थिक अवस्था बलियो बनाएका घिसिङले चुनाव उठ्नेबारे केही निर्णय नगरेको बीबीसीलाई बताएका छन् ।

उनले माओवादीबाट चुनावमा उठ्ने चर्चा चले पनि आफुले  भने अहिलेसम्म त्यसको विषयमा कुनै निर्णय नगरेको बताएका छन् । उनलाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड तथा माओवादी नेता एवं ऊर्जा मन्त्री पम्फा भुसालले नै पहल गरेको देखिएको थियो।दोस्रो चार वर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए।

nijgadh-supermart-adz1200-630