कांग्रेस जोगाउनका लागि स्वतन्त्र उम्मेदवारी दिएको हो –जगन्नाथ पौडेल
वि.सं.२०७९ वैशाख २२ बिहीवार १०:२५
2.58K
shares

काठमाडौं ।आज सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन्। भेटमा वरिष्ठ नेता पौडेलले उम्मेदवारी निस्क्रिय बनाएर गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए ।
स्वतन्त्र उम्मेदवार पोडेलले भने आफू गठबन्धनको विपक्षमा रहेकाले कांग्रेस जोगाउनका लागि उम्मेदवारी दिएको बताए। उनले आफूले कुनै हालतमा उम्मेदवारी निस्क्रिय नबनाउने जवाफ दिएका छन् ।
भरतपुरस्थित सिराइचुली होटलमा भएको भेटमा वरिष्ठ नेता पौडेलले सत्ता गठबन्धनको आवश्यकताको विषयमा ब्रिफिङ गरे पनि स्वतन्त्र उम्मेदवार पौडेलले आफूलाई कांग्रेसले कारबाही गरिसकेको र आफ्नो उम्मेदवारी पार्टीबाट नभएर स्वतन्त्र भएकाले निस्क्रिय नहुने जवाफ दिएका छन्।
वि.सं.२०७९ वैशाख २२ बिहीवार १०:२५
















