कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरियो
वि.सं.२०७९ वैशाख २२ बिहीवार ०९:५८
1.97K
shares

काठमाडौं ।कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । आज राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गगरिएको प्रदेश प्रमुख तिलक परियारले जानकारी दिएका छन् । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो ।
बुधबार मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
वि.सं.२०७९ वैशाख २२ बिहीवार ०९:५८
















