skip this

बंगलादेशलाई हराउँदै भारतले हात पार्यो यु २० साफको उपाधि

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गुरकिरत सिंहको चार गोलप्रेरित आयोजक भारतले यु २० साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५–२ ले पराजित गर्दै उपाधि जितेको हो ।

भारतको जितमा गुरकिरतले चार गोल गर्दा अर्को एक गोल हिमान्सु जङ्ग्राले गरे । खेलको निर्धारित समय भने २–२ को बराबरीमा टुङ्गिएको थियो । त्यसपछि अतिरिक्त समयमा भारतले तीन गोल थप्दै उपाधि सुनिश्चित गर्यो ।

खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।बंगलादेशका गोलकिपर मोहम्मद आसिफले भारतका गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गुरकिरत आफैले कुनै गल्ति गरेनन् ।

तर, हाफ टाइमका लागि अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगालादेशलाई खेलमा फर्काएका थिए ।४८औं मिनेटमा साहिन मियाँले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।तर, खेलको ६१औं मिनेटमा भारतका गुरकिरतले नै गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काएका थिए । यसपछि खेलको ९२औं मिनेटमा भारतका हिमान्सुले पुनः अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेटपछि गुरकिरतले ह्याट्रिक गर्दै घरेलु टिमको अग्रता अझ फराकिलो पारे । खेलको ९९औं मिनेटमा गुरकिरतले नै व्यक्तिगत चौथो तथा टिमका लागि गोल गरे ।यसअघि भारत लिग चरणमा बंगादेशसँग २–१ ले पराजित भएको थियो । भारतले प्रतियोगिताका पाँच खेलमध्ये चार खेलमा जित निकाल्यो ।

nijgadh-supermart-adz1200-630