skip this hetauda tech

गोंगबुका भाडा नतिर्ने २६ व्यवसायीलाई वडा कार्यालयमै उपस्थित हुन निर्देशन

309 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले निर्देशन दिएको छ । गोंगबुमा रहेको गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापासबिनै निर्माण भएका घर टहरामा व्यवसाय गर्दै आएका २६ व्यवसायीहरूलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन महानगरपालिकाले निदेश्न दिएको हो ।

वडा कार्यालयले जारी गरेको सूचनामा व्यवसायीहरूले भाडा रकमसमेत नतिरेको देखिएको उल्लेख गरिएको छ । २ वर्षदेखि भाडा रकम नतिरेको, जवरजस्ती ठाउँ ओगटेको र भाडा माग गर्दा धाकधम्की दिएको तथा नेपालको संविधानप्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गाधनी बञ्चित हुन पुगेकोले वडा कार्यालयले व्यवसायीलाई वडामै उपस्थित आग्रह गरेको छ ।

nijgadh-supermart-adz1200-630