कन्हैया कुमार कांग्रेसमा प्रवेश
वि.सं.२०७८ असोज १२ मंगलवार २०:२२
काठमाडौँ : भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन् ।
उनी मंगलबार कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको राजधानी दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् ।
कन्हैया कुमार भारतको जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) का छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि भारतमा चर्चित भएका थिए । उनी गत आम निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा बिहारको बेगसुराय निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए ।
तर भाजपाका उम्मेदवारसँग पराजित भएका थिए । उनले सत्तारुढ भाजपाले देश बिगारेको र कांग्रेस बचेमात्र देश बच्ने भन्दै कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । उनले कांग्रेसले नै महात्मा गान्धीको विचारलाई अगाडि बढाउने भन्दै त्यसैले आफू कांग्रेसमा सामेल भएको बताएका छन् ।
कन्हैया कुमारसँगै मंगलबार अर्का चर्चित युवा नेता गुजरातका विधायक जिग्नेश मेडवाणी पनि कांग्रेस प्रवेश गरेका छन् ।
वि.सं.२०७८ असोज १२ मंगलवार २०:२२