कछुवाको खपेटा सहित ३ जना भारतीय नागरिक पक्राउ

738 shares

काठमाडौं  : कछुवाको खपेटासहित प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
    पोखरा महानगरपालिका-३२ मझुवाबाट १ थान कछुवाको खपेटासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरूमा भारत घर भई स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् ।
    रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।
   उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।