skip this yams_Max_Hospital.jpeg

नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी काठमाडौँमा

951 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन् । भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन् ।
    भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ ।
    अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्धी डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच वार्ता भएको दुई दिनपछि उच्च भारतीय अधिकारीले काठमाडौँको भ्रमण गरेका हुन् ।
   श्रीवास्तावले काठमाडौँमा रहँदा अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने छन् ।
    दार्चुलाका जयसिंह धामी प्रकरणपछि कुनै भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण हो । तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काट्दा उनी महाकाली नदीमा बेपत्ता भएका थिए ।
यो विषयमा नेपालले भारतलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ ।

nijgadh-supermart-adz1200-630