विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने
वि.सं.२०८२ असोज २८ मंगलवार ०८:४९

काठमाडौं-हमासको कब्जामै मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा ल्याइपुर्याइएको छ । इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।
विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा राखिएको र शवको डीएनए परीक्षणको तयारी भइरहेको राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल बोलाएर शव हस्तान्तरणको तयारी गरिएको छ ।
“हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझायो । रेडक्रसले विपिनसहित चारजनाको शव इजरायली सेनालाई बुझायो,” पण्डितले भने, “तेल अभिभमा रहेको इजरायली सेनाको अस्पतालमा विपिनको शव राखिएको छ । डीएनए परीक्षण गरिँदैछ । त्यसपछि परिवारलाई बोलाएर शव सुम्पिने प्रक्रिया अघि बढाइनेछ ।”
परिवारको जिम्मा लगाएपछि विपिनको शव नेपाल ल्याउने तयारी गरिनेछ ।
वि.सं.२०८२ असोज २८ मंगलवार ०८:४९
















