skip this farak Kura Pravakar

सडकटोलस्थित गौरीशंकर माध्यमिक विद्यालयको दोस्रो त्रैमासिक परीक्षा सार्वजनिक, यी हुन् उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—बाराको निजगढ नगरपालिका–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयले दोस्रो त्रैमासिक परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयले कापी र कलमसहित सम्मान समेत गरेको छ ।

नतिजा अनुसार कक्षा ८ (सेक्सन–ए) तर्फ पहिलो स्थान अंशु कुमारी भारती, दोस्रो स्थान रितिका संजेल र तेस्रो स्थान निरज ठाकुरले प्राप्त गरेका छन् ।

विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएको छ । विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले विद्यार्थीहरूको निरन्तर मेहनत, लगनशीलता र अनुशासनकै कारण यो सफलता सम्भव भएको भन्दै विद्यार्थीहरू निरन्तर पढाइमा अग्रसर रहून्, जीवनमा प्रगति र सफलताको यात्रामा अघि बढून् भन्ने हाम्रो कामना गरेका छन् ।

nijgadh-supermart-adz1200-630