skip this

गरेर खान चाहनेका लागि देशमा बाँच्नै नसक्ने अवस्था छ – सीके राउत

750 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहनेका लागि देशमा बाँच्नै नसक्ने अवस्था र‍हेको सत्तारुढ जनतम पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले बताएका छन् ।नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनाप्रति दुख व्यक्त गर्दै उनले यस्तो बताएका हुन ।

अध्यक्ष राउतले नयाँ पार्टी र पात्रले समेत केही आशा जगाउन नसक्नु दुःखद भएको बताएका छन्। अध्यक्ष राउतले अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्ति जस्तै नेपालमा पनि आचार्यको आत्मदाहबाट भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा क्रान्ति ल्याउने हो कि भन्ने आशा गरेका छन्।

उनले समाजिक सञ्जालमा लेखेका छन् , प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली ।

nijgadh-supermart-adz1200-630