skip this

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिटको व्यवस्था गर्न आवश्यक छ –मन्त्री राजभण्डारी

786 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिटको व्यवस्था गर्न आवश्यक रहेको कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले बताएका छन् । आज मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र तथा आरक्षण क्षेत्र निर्धारण गर्न राजनीतिक दलमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

समाजमा तल्लो तहमा प्रविधिमैत्री शिक्षा पहुँच पु¥याउन सके महिलाको समृद्धि र समग्र मुलुकको विकास हुने मन्त्री राजभण्डारीले धारणा राखेका छन् । कार्यक्रममा कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिक्षा, सीप र रोजगारीको माध्यमबाटै आजका महिलालाई नेतृत्व तहमा पु¥याउन सकिने धारणा राखेकी छन् । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रमा अहिले पनि ५० प्रतिशतभन्दा बढी महिला जन्मदर्ता र नागरिकताविहीन रहेकाले यसको समाधान हुनुपर्ने बताएका छन् ।

nijgadh-supermart-adz1200-630