skip this

आर्थिक विकासका लागि गठबन्धनलाई मत दिन आवश्यक छ– प्रकाशमान सिंह

246 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्। नेता सिंह काठमाडौं क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार हुन । आज चुनावी प्रचारका क्रममा उनले यस्तो बताएका हुन ।

संसद्को २ कार्यकाल संविधान लेखनमा गएको र एक कार्यकाल संविधान जोगााउन लागेको उनको भनाई छ । उनले अब यसलाई कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गरेका छन् । संविधानको अक्षरस पालना गरेर स्थिरता र आर्थिक विकासका लागि गठबन्धनलाई मत दिन आवश्यक रहेको उनको भनाई छ ।

उनले अधिकांश मतदाताबाट संघीयता अनुसारको तीन तहले पूर्ण रुपमा काम गर्न नसक्दा संघीयताको महसुस हुन नसकेको गुनासो आएको बताएका छन् । नेता सिंहले यसका लागि कांग्रेसलाई म्यान्डेट दिनुपर्ने जिकिर गरेका छन् । नेता सिंहले तीनै तहलाई अधिकार सम्पन्न गर्नका लागि संविधानको अनूसूचीमा रेहको अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक रहेको बताएका छन् । यसअघि सरकारमा रहेकाहरुलाई कार्यान्वयनको अबसर थियो तर, संविधान मास्न मात्रै लागि परेको उनले बताए ।

nijgadh-supermart-adz1200-630