skip this

जनताको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तब्य हो –महासचिव पोखरेल

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु कर्तब्य भएको बताए । ‘सत्ताको चरम दुरुपयोगका बाबजुद सूर्य चिन्हमा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तव्य हो ।

मतगणनामा चनाखो रहौँ’, सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन् । उनले यसअघि आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए । पोखरेलको आरोपलाई लिएर उनकै पार्टीका केही नेताले आलोचना गर्दै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मतदान भएको ३० वैशाखमै निर्वाचनमा राज्य शक्तिको दुरुपयोग सरकार र गठबन्धनले गरेको आरोप लगाएका थिए ।

nijgadh-supermart-adz1200-630