skip this

जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १२ औं संस्करण चैत्र १० गतेदेखि शुरु

3.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । जीतपुरसिमरा गोल्डपको १२ औं संस्करण चैत्र १० गतेदेखि भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र १० गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।

प्रतियोगिता अवधीभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्ष पनि उदयीमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ ।

यसवर्ष प्रतियोगिता अवधीभरका लागि वीरगन्जस्थित लुम्बिनी जनरल इन्स्युरेन्सले खेलाडी, अफिसियल, स्वयंसेवनकलाई १० लाख र एक सय ३० जना दर्शकलाई पाँच लाखको बिमा गर्ने भएको छ ।

प्रतियोगिता सफल पार्न सिमरास्थित युआर अटोमेटिक लन्ड्री, मुनसाईन टेक्नोलोजी, सुसप्त मेडिकल हल प्राविधिक सहयोगीको भूमिकामा रहने भएका छन् ।

बजेट ८३ लाख

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिताको अनुमानित लागत करिब ८३ लाख रहेको अध्यक्ष लामाले बताए । ११औं संस्करणमा प्रतियोगिताको अनुमानित लागत ७० लाख ५५ हजार थियो ।
यस्तै रङ्गशालाको पूर्वाधार मर्मत एवं फ्लड लाइट व्यवस्थापनका लागि उपमहानगरपालिकाले थप २० लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ ।

जगदम्बा स्टिलको मुख्य प्रायोजक

यसै साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगितालाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लबबीच सोमबार मुख्य प्रायोजन सम्बन्धि सम्झौता भएको थियो ।

सम्झौतामा जगदम्बाकातर्फबाट जनसम्पर्क प्रबन्धक कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौता गरेका थिए ।


सहभागि हुने टिम

प्रतियोगितामा गत सालको विजेता संकटा क्लब ,एन.आर.टी. ,हिमालयन शेर्पा, फ्रेण्डस क्लब, एपिएफसि, सुदुरपश्चिम ११ स्पोटर्स क्लब धनगढी, के.बि.ए ग्लोबल बिएफसी चितवन, विजय युथ क्लब हेटौँडा, बाग्मती युवा क्लब सर्लाही र आयोजक नव जनजागृति युवा क्लब सिमरा गरी १० टिमको सहभागिता रहने जनाईएको छ ।

उपाधि विजयी टिम

२०६६ बाट सुरु भएको प्रतियोगिताको उपाधि संकटा क्लब, त्रिभूवन आर्मी र मनाङ मस्र्याङदी क्लबले समान दुई–दुई पटक जितेका छन् भने आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर शहीद स्मृति क्लबले एक–एक पटक उपाधि उचालेका छन् ।

nijgadh-supermart-adz1200-630