skip this hetauda tech

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसान लाभान्वित

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एनएमबि बैंकले मधेस प्रदेशका उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको जनाएको छ ।

बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहन गर्दै किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो । साथै सुगर मिल्ससँग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोगहरु पनि गर्दै आएको बताइएको छ ।

कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरुको जीवनस्तर परिवर्तन भएको पाइएको विज्ञप्तिमा जनाइएको छ । किसानहरुले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको बैंकले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630