skip this bagdve 29 th

चौंथो निजगढ खुल्ला भेट्रान्स फुटबल प्रतियोगिताको खसी उपाधि जित्यो जनजागृती सिमराले

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–विजया दशमीको अवसरमा निजगढ ७ को चौतारा युवा क्लबले आयोजना गरेको निजगढ नगरस्तरीय खुल्ला भेट्रान कप फुटबल प्रतियोगिता अन्तर्गतको उपाधि नवजनजागृति सिमराले जितेको छ ।

नव जनजागृतिले सगरमाथा भेट्रान्सलाई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो ।

जितसंगै नव जनजागृतिले ३० केजी तौलको एउटा खसी पुरस्कार र ट्रफी पाएको छ भने उपविजेताले २० केजी तौलको खसी पुरस्कार पाएको छ ।

नव जनजागृतिका राजेश पुनले मध्यान्तर अघिको १५ औं मिनेटमा गोल टिमको जित दिलाएका हुन् । प्रतियोगिताको म्यान अफ दि म्याचको उपाधि नव जनजागृतिका राजेशले पाएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भिम लामा बनेका छन् । त्यस्तै सर्वोकृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता सिमराका आत्मराम चौधरी घोषित भए ।

विजयी टिम तथा खेलाडीहरुलाई निजगढ नगरपालिकाका नगर उपप्रमुख सोममाया थिङ्ग र वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले पुरस्कार र ट्रफी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष गोकुल तिमल्सिना, ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, ११ का अध्यक्ष सइया गुरो, मुख्य प्रायोजक कान्तिपुर पोल्टिका सञ्चालक नवराज पौडेल लगायतको उपस्थित रहेको थियो ।

क्लबका अध्यक्ष दिलबहादुर पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोति राना मगरले गरेका थिए ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

nijgadh-supermart-adz1200-630