skip this yams_Max_Hospital.jpeg

पहिरोमा ज्यान गुमाएका खेलाडीको स्मृतीमा एन्फा बाराद्धारा निजगढमा दीप प्रज्वलन

मधेस प्रदेशका खेलकुद मन्त्रीले भने–देशले धरोहर गुमायो

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–अखिल नेपाल फुटबल संघ (एन्फा) बाराले बाराको निजगढ ८ स्थित बुद्धचोकमा पहिरोमा ज्यान गुमाएका खेलाडीको स्मृतीमा दीप प्रज्वलन गरेको छ ।

दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद कुमार जयसवाल, प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, प्रदेश सभा सदस्य मिना लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, अखिल नेपाल फुटबल संघ (एन्फा) मधेस प्रदेशका अध्यक्ष नेपाल कार्की, विभिन्न राजनीतिक दलका नेता, खेल क्षेत्रका अगुवा तथा खेलाडीहरुको सहभागि थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले खेलाडीको निधनले देशले धरोहर गुमायो गुमाएको टिप्पणी गरेका छन् । उनले देशको झण्डा विदेशीभूमीमा फहराउने सपना अब अरु खेलाडीहरुको काँधमा आएको बताएका छन् ।

मन्त्री जयसवालले मधेस सरकारले खेलाडीको वीमा गर्ने योजना ल्याएको जानकारी दिदै दिवगंत खेलाडीहरुको परिवारलाई राहत दिने गरि प्रस्ताव लैजाने प्रतिवद्धता जनाए ।

त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले खेलाडीको निधनले खेल क्षेत्रलाई निकै ठुलो नोक्सानी भएको भन्दै दिवंगत खेलाडीको परिवारलाई राहतसँगै अक्षयकोष मार्फत खेल गतिविधि गरेर सधैं स्मरण गरिने जानकारी दिए ।

एन्फा बाराका अध्यक्ष रामचन्द्र लामा लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण विष्णु खड्काले गरेका थिए ।

nijgadh-supermart-adz1200-630