skip this

किवानिज वान डे को अवसरमा नयाँ जीवन नेपालमा खाद्यन्न तथा लत्ताकपडा वितरण

2.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–किवानिज वान डे को अवसरमा गोकर्ण जोरपाटीस्थित नयाँ जीवन नेपालमा खाद्यन्न तथा लत्ताकपडा वितरण गरिएको छ ।

२६ अक्टुबरलाई किवानिज वान डे को रुपमा हरेक किवानिजहरुको विशेष दिन नेपालमा मात्रै नभइ विभिन्न देशहरुमा मनाईदै आएको छ ।

किवानिज वान डे को अवसरमा उत्साहका साथ बालबालिकाको ओठमा मुस्कान ल्याउने कार्यक्रम हुने गरेको छ ।

सन् २०१५ बाट नेपालमा किवानिज सुरुवात भएको हो । हरेक वर्षको अक्टोबर १ बाट किवानिजको नयाँ वर्ष शुभारम्भ हुने गरेको छ ।

किवानिज क्लब डिभिजन थ्री नर्थको आयोजनामा यो वर्ष नेपालमा नयाँ जीवन नेपाल गोकर्ण जोरपाटीमा खाद्यान्न ब्लाकेट तथा अन्य कपडा वितरण गर्नुका साथै केक काटेर किवानिज वान डे मनाईएको हो ।

नयाँ जीवन नेपालका अध्यक्ष राजन खनाललाई खाद्यन्न तथा पोशाक र न्यानो कपडा हस्तान्तरण गरिएको हो । संस्थामा अटिजम भएका २५ जना बालबालिका आश्रित छन् ।

कार्यक्रममा डिभिजन थ्री नर्थबाट ८ वटा किवानिज क्लब र डिभिजन थ्री वईस्टबाट एक क्लब गरि ९ वटा किवानिज क्लबको सहभागितामा रहेको थियो ।

कार्यक्रममा किवानिज नेपाल डिस्ट्रिक का KI Trustee मोहन लम्साल, भाईस गर्भनर रामहरी सुवेदी, निवर्तमान KCF Chair राजन न्यौपाने, निवर्तमान Region Coordinator नम्रता गुरुङको उपस्थिति रहेको थियो ।

किवानिज क्लब डिभिजन थ्री नर्थकी एलटी गर्भनर प्रमिला लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक तथा किवानिज काठमाण्डौं सारथीकी चाटर्र प्रेसिडेन्ट धनु सिंजालीले गरेकी थिईन् ।

कार्यक्रममा ९ वटै क्लबको प्रतिनिधित्व गरी किवानिज वान डे को बारे किवानिज क्लब अफ काठमाडौं सारथीका अध्यक्ष रामराजा थापाले प्रकाश पारेका थिए ।

कार्यक्रममा किवानिज क्लब अफ काठमाडौं महानगर, किवानिज क्लब अफ काठमाडौं सनसाईन, किवानिज क्लब अफ काठमाडौं सारथी, किवानिज क्लब अफ काठमाडौं पीस नेपाल, किवानिज क्लब अफ काठमाडौं समपर्ण, किवानिज क्लब अफ काठमाडौं शुभारम्भ, किवानिज क्लब अफ काठमाडौं सनराईज, किवानिज क्लब अफ काठमाडौं साहारा, किवानिज क्लब अफ काठमाडौं फ्यूचर होप लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।  

nijgadh-supermart-adz1200-630