जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, राष्ट्रपति लगायतका विषयमा छलफल हुने
वि.सं.२०७९ फागुन ८ सोमवार १०:०९
720
shares

काठमाडौं। आज पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने छ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।
आइतबार बसेको बैठकमा पनि राष्ट्रपति,उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ ।
वि.सं.२०७९ फागुन ८ सोमवार १०:०९

















