skip this

सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्छ –मुख्यमन्त्री शाह

576 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेशका मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वमा रहेको सरकार पुरै कार्यकाल चल्ने दाबी गरेका हुन्।

मुख्यमन्त्री शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताएका छन् ।‘विश्वासको मतका लागि सबै दलहरुसँग सकारात्मक छलफल भैरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौं । सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्छ,’ शाहले भने, ‘यो बेकारको कुरा हो, मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,।’

nijgadh-supermart-adz1200-630