skip this

मुगु र जुम्लाको सिमानामा जिप दुर्घटना, एक जनाको मृत्यु

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान मुगु र जुम्लाको सिमानामा जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । मुगु र जुम्लाको सिमाना बुलबुले मैपानीमा सुर्खेतदेखि मुगु गमगढीतर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको र चालक दल बुढा घाइते भएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चालक बुढालाई उपचारका लागि जुम्ला लगिएको छ।मृतक छायाँनाथ रारा नगरपालिका–२ तलितुम तिरुवाबाडा गाउँका रहेको बताएको छ । उक्त जिपमा रहेका अन्य चार यात्रु भने सकुशल रहेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630