skip this yams_Max_Hospital.jpeg

जीतपुरसिमरा गोल्डकप आजदेखि ! साँझ ५ बजे खेलकुद मन्त्री श्रेष्ठले उद्घाटन गर्ने

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण आजदेखि सुरु हुदैँछ ।

नवजनजागृती युवा क्लबले सिमराले सिमरा रङ्गशालामा आयोजना गर्ने प्रतियोगिताको संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा बारा जिल्लाका विभिन्न क्षेत्रबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।

प्रतियोगिताको पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र बीरगञ्ज युनाईटेड क्लब बीरगञ्जको बीचमा हुनेछ ।

फ्लड लाईटमा साँझ ६ः३० बजेबाट शुरु हुने प्रतियोगिताको सबै खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा डिफेण्डिङ च्याम्पियनचर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपालपुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागि हुनेछन् । सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाईटेड क्लब बीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नव जनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा हुन लागेको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।

म्यान अफ दि म्याचको पुरस्कार प्रायोजन गरेको सिमरास्थित शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका क्याम्पस प्रमुख शम्भु मण्डलले शिक्षाको अभिन्न अङ्ग खेलकुद पनि भएकाले जीतपुरसिमरा गोल्डकपसंग जोडिन पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा पनि यसको निरन्तरता दिने बताए ।

रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गतबर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस बर्षपनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरतादिने जनाएको छ ।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिट सहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

nijgadh-supermart-adz1200-630