skip this farak Kura Pravakar

सार्वजनिक मावि बागदेवको जन्मोत्सवमा पूर्व विद्यार्थी गौतम सम्मानित, बाबु-छोरी एकै मञ्चमा सम्मान पाउँदा भए भावुक

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—बाराको निजगढ–५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयले निजगढ नगरपालिकाका योजना शाखा प्रमुख जीवन गौतमलाई सम्मान गरेको छ ।

६१औँ विद्यालय जन्मोत्सव तथा अभिभावक दिवसको अवसरमा एक पूर्व विद्यार्थी सम्मान शिर्षकमा गौतम सम्मानित भएका हुन् ।

कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, प्रधानाध्यापक हस्तबहादुर लामाले सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा सम्मानित भएपछि पूर्व विद्यार्थी गौतमले विद्यालयप्रति हृदयदेखि नै आभार व्यक्त गर्दै यस सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताएका छन्। आफूले कक्षा २ देखि १० सम्म अध्ययन गरेको विद्यालयबाट नेपाल सरकारको अधिकृतस्तरको पदमा रही गरेको कार्यसम्पादनको आधारमा सम्मानित भएको भन्दै गौतमले सामाजिक सञ्जालमार्फत भावुक स्टाटस् समेत लेखेका छन् ।

कार्यक्रमलाई अझ विशेष बनाउँदै संयोगवश सोही कार्यक्रममा उनकी छोरी जानवी ले सरसफाईमा उत्कृष्ट विद्यार्थी शिर्षकमा सम्मान प्राप्त गरिन्। बाबु–छोरी एकै कार्यक्रममा सम्मानित हुँदा उपस्थित भावुक बनेको जीवनले उल्लेख गरेका हुन् ।

जानवीले मनमोहक सामूहिक नृत्य प्रस्तुतिले समेत कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। छोरीको प्रतिभा, क्षमता र गुण देखेर आफ्नो अभिभावकको भूमिका र जिम्मेवारीप्रति अझ गम्भीर बन्ने सोच आएको उनले बताएका छन् ।

अभिभावक दिवसको अवसरमा जिम्मेवार अभिभावकको हैसियतले केही सुझावसहित छोटो मन्तव्य दिने तयारी गरिएको भए पनि समय व्यवस्थापनको अभावका कारण मन्तव्य राख्ने अवसर नपाएको उनले बताए । यद्यपि, साना–साना त्रुटिहरू ठूला कार्यक्रमहरूमा स्वाभाविक हुने भन्दै उनले त्यसलाई सकारात्मक रूपमा लिएका छन् ।

अन्त्यमा विद्यालयको समग्र उन्नयन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सधैँ रचनात्मक सुझाव, साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै उनले विद्यालय परिवारप्रति आत्मीय धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

nera mabi laal
nijgadh-supermart-adz1200-630