skip this

सार्वजनिक माध्यमिक विद्यालय बागदेवको ६१ औं जन्मजयन्तीमा १० जना सक्रिय अभिभावकलाई सम्मान

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ–५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयले विद्यालयको हितका लागि भूमिका खेल्ने अभिभावकलाई सम्मान गरेको छ ।

विद्यालयको ६१ औं जन्मजयन्ती तथा अभिभावक दिवसको अवसरमा १० जना सक्रिय अभिभावकलाई सामान गरेको हो ।

सम्मानित हुनेमा भगवती सापकोटा, निलम घिमिरे, झम्कप्रसाद चौलागाई, सिर्जना शर्मा, सिता घिमिरे, पदमकान्त घिमिरे, सेते बल, रेवती राउत, सावित्रि घिमिरे उप्रेती, लक्ष्मी चौलागाई रहेका छन् ।

अभिभावकहरुलाई निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा उपमेयर सोममाया थिङ, निजगढ़ न.पा. ५ का वडाध्यक्ष सुर्य बहादुर थापा मगर, कार्यपालिका सदस्य मिना चौरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतम, प्रधानाध्यापक हस्तबहादुर लामा, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन प्रसाद कोइराला, नेपाली कम्यूनिष्ट पार्टी निजगढ नगर संयोजक सन्तोष दंगाल लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630