जीतपुरसिमराले माग्याे स्वास्थ, पशु र कृषिकाे लागि ११ जना जनशक्ति (सूचनासहित)

987 shares

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले ११ जना जनशक्ति भर्ना गर्ने भएकाे छ ।

उपमहानगरपालिकाले सूचना प्रकाशित गरेर स्वास्थ, पशु र कृषिमा प्राविधिक सेवा करारमा नियुक्ति गर्ने तयारी गरेकाे हाे ।

स्वास्थतर्फ नेपाल स्वास्थ, मेडिकल जनरलिस्ट समुहमा एमडीजीपी चिकित्सक (अधिकृत नवाैं) १ जना, नेपाल स्वास्थ समुहमा मेडिकल अधिकृत (अधिकृत आठौं) ३ जना, नेपाल स्वास्थ समुहमा स्टाफ नर्स (अधिकृत पाँचौ) ३ जना, नेपाल स्वास्थ विविध एनेस्थेसिया समुहमा एनेस्थेसिया सहायक (सहायक पाँचौ) १जना, नेपाल स्वास्थ फार्मेसी समुहमा फार्मेसी सहायक (अधिकृत) १जना, पशु भेटनरी समुहमा पशु चिकित्सक (अधिकृत) १ जना, कृषि समुहमा कृषि अधिकृत (अधिकृत) १ जना माग गरेको हाे ।

अस्पताललाई जनशक्ति

जीतपुरसिमरा हालसम्म सरकारी अस्पताल विहीन छ । उपमहानगरकाे नगरसभाले प्राथमिक स्वास्थ केन्द्रलाई अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेकाे छ । सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिकाे व्यवस्थापन गर्न सेवा करारमा जनशक्ति माग गरिएको उपमहानगर स्राेतले जनाएको छ ।

यहीँ बर्ष भित्रबाटै किड्नीको डाइलिसस सेवा समेत सिमरा अस्पतालबाट शुरुवात हुने तयारी नगरले गरेको छ ।

त्यसैगरि विगत ५ वर्षदेखि उपमहानगरपालिकाकाे कृषि र भेटनरी सेवा चाैथाे तहकाे कर्मचारीकाे भरमा सञ्चालन हुदै आएको छ । जनशक्ति भर्ना भएसंगै कृषि र भेटनरी सेवा प्रवाहले गति लिने अपेक्षा गरिएको छ ।

बाम-लाेकतान्त्रिक गठबन्धनबाट उपमहानगरकाे नेतृत्व गरेका मेयर राजन पाैडेलले स्वास्थ, शिक्षा र कृषिलाई पहिलो प्राथमिकता राखेर घाेषणा पत्र सार्वजनिक गरेका थिए । जनशक्ति मागगरेर मेयर पाैडेलले घाेषणा पत्र कार्यान्वयन थालेकाे संकेत गरेका छन् ।

हेर्नुस् सूचना :