ज्वाला साहको नाम प्रदेश सभाको निर्वाचनमा सिफारिसमा परेन ! संघीय संसद्को टिकट दिन्छ एमालेले ?
वि.सं.२०७९ भदौ १९ आइतवार ०७:२७

काठमाण्डौं–नेकपा एमाले समन्वय समिति क्षेत्र नं. ३ क को डुमरवानामा शनिबार भएको बैठकले प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
बैठकले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । भेला जिल्ला उपसचिव भुलन चौधरीको अध्यक्षतामा बसेको बैठकले राधेश्याम सिवाकोटी, रविनदास श्रेष्ठ, अशोक लामा, रेवन खातुनको नाम सिफारिस गरिएको हो ।
२०७४ को प्रदेश सभा निर्वाचनमा ज्वाला साह निर्वाचित भएकी थिईन् । तत्कालिन माओवादी नेतृ साह नेकपाबाट निर्वाचित भएकी थिईन् । दल विभाजन भएपछि माओवादी छाडेर उनले एमाले रोजिन् । एमाले रोजेपछि माओवादीले कारबार्ही गरेपछि उनको पद् गुम्यो ।
पद् गुमेपछि गैरसांसद भएकी साहलाई केपी ओली नेतृत्वको सरकारमा एमालेबाट १३ दिने मन्त्रि नियुक्त भईन् । सर्वोच्चको आदेशपछि मन्त्री पद गुम्यो र तत्कालिन ओली नेतृत्वको सरकार ढल्यो ।
एमालेको महाधिवेशनबाट पार्टीमा प्रभावशाक्ति नेतृका रुपमा उदायकी साहको नाम प्रदेश उम्मेदवारका रुपमा अघि सारेको देखिएन । प्रदेशको उम्मेदवार सिफारिसमा नपरेकी साहको नाम संघीय निर्वाचनको प्रत्यक्ष कि समानुपातिक सूचीमा सिफारिस होला ?
२०६४ मा तत्कालिन नेकपा (माओवादी) बाट साह समानुपातिक सांसद बनेकी थिईन् । यसअघि समानुपातिक सांसद भएकालाई नदोहो¥याउने नीति लिएको एमालले साहलाई समानुपातिक सूचीमा समेट्ला ? कि फरक दलबाट प्रवेश गरेको भन्दै मौका दिन्छ ? यो प्रश्न एमालेतर्फ नै तेर्सिएको छ ।
पार्टीका पुराना नेतालाई वेवास्ता गर्दै नवआगन्तुलाई टिकट दिन्छ कि दिदैन भन्ने आशंका पनि उत्पन्न भएको छ ।
वि.सं.२०७९ भदौ १९ आइतवार ०७:२७
















