skip this farak Kura Pravakar

यस्तो देखियो एमसीसी पारितपछिको खुला मञ्चको विरोध सभा (फोटो/भिडियो)

2.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । संसदबाट फागुन १५ गते एमसीसी पारित भएको विरोधमा ६ दल र दुई मोर्चाले शुक्रबार काठमाण्डौंमा विरोध प्रदर्शन गरेका छन् ।
एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले खुला मञ्चमा विरोध सभा आयोजना गर्न विरोध ¥यालीको आयोजनासमेत गरेका थिए ।
बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।
त्यस्तै फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।
विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मसालका रामप्रसाद गिरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुती, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशी, नेकपा (क्रान्तिकारी माओवादी)का सिपी गजुरेल गौरब, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी समाजवादी महासचिव कर्णजित बुढा सुशील, देशभक्त गणतान्त्रिक मोर्चाका रामप्रकाश पुरी, सहिद परिवार समाजका खुमा सुवेदी लगायतले सम्बोधन गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नेकपाका प्रवक्ता प्रकाण्डले सहजिकरण गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

nijgadh-supermart-adz1200-630