skip this farak Kura Pravakar

एक दशकदेखि घण्टीमाई साकोसको नेतृत्वमा कोपिला !

सर्वसम्मत कार्यसमिति समिति

3.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको सहकारी अभियानमा परिचित नाम बनेको छ, कोपिल सिंखडा । बाराको जीतपुरसिमरा–४ औराहाकी कोपिला सहकारी अभियान र राजनीतिकर्मीका रुपमा समेत चिनिन्छिन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.बाराको लेखा समिति सदस्य समेत रहेकी कोपिला नेकपा (एमाले) जिल्ला कमिटी सदस्य हुँदै अहिले मधेस प्रदेश कमिटी सदस्य छिन् ।

डेढ दशकअघि देखि आर्थिक रुपान्तरण र बचत संस्कृतिको प्रवद्र्धनका लागि सामुहिक आर्थिक कारोबारमा संलग्न भएकी कोपिलले गाउँमा चेतनशिल महिला समुह सञ्चालन गरेकी थिईन् । समुहकी अध्यक्ष रहेकी कोपिलाले स्थानीय समुदायको आवश्यकताका आधारमा सहकारी स्थापनाको नेतृत्व गरिन् ।

एक दशकअघि वि.स. २०७० मा घण्टिमाई बचत तथा ऋण सहकारी संस्था खोलियो । कोपिला संस्थापक अध्यक्ष भईन् । संस्थाको ११ औं साधारण सभासम्म आईपुग्दा चौथो कार्यकालको लागि कोपिला पुनः नेतृत्वमा आएकी छन् ।

चुनौति पार गरेर सफल

जीतपुरसिमरा ४ औराहामा सहकारी स्थापना गरेर सफल रुपमा सञ्चालन गर्नु चुनौति नै थियो । सानो ठाउँमा संस्था सञ्चालन गरेर प्रतिस्पर्धाको बजारमा पुगेर सहकारी नै सहकारीको बीचमा कुधेर घण्टिमाईले सफलता हासिल गरेको छ । यो सफलतामा कोपिलाको अब्बल नेतृत्व मुख्य देखिन्छ ।

एउटा कोठा भाडामा लिई दुई जना कर्मचारीबाट कारोबार सुरुवात गरेको सहकारीको आज आफ्नै सुविधा सम्पन्न भवन छ । आफ्नै दुई तले भवन निर्माण गरी कार्यालय सेवा र कारोबार सञ्चालन भईरहेको छ ।

एक हजार एक सय सेयर सदस्य रहेको संस्थाको एक सय २ वटा लघुवित्त समूह रहेको छ ।

यस वर्ष संस्थाले करिब १८ करोडको कारोबार गरेको र ६० लाख ३७ हजार नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष कोपिला सिंखडाले बताउँछिन् ।

सर्वसम्मत कार्यसमिति समिति

संस्थाको ११ औं साधारण सभा तथा अधिवेशनले निर्विरोध कार्यसमिति निर्वांचित गरेको छ । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष कोपिला सिंखडा र ऋषीराज लुईटेलले आकांक्षा देखाएका छन् । साधारण सभाले पुनः सिखडासहित कार्यसमितिलाई सर्वसम्मत नेतृत्व दिएको छ ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा भुवप्रसाद ढकाल, सचिवमा त्रिलोक विक्रम शाह, सहसचिव सुकदेव सिंखडा, कोषाध्यक्षमा कमल पौडेल निर्विरोध भएका छन् ।

यसैगरी सदस्यहरुमा तोयनाथ लुइटेल, माधवप्रसाद सापकोटा, रुद्रप्रसाद खतिवडा, प्रेमकुमारी ढकाल, सुशिला खनाल अधिकारी, सुधा ओली, पुनम कुमारी चौधरी र निल सिग्देल खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजकमा नवराज न्यौपाने, सदस्यहरुमा सविता तिवारी र जानुका भण्डारी निर्वाचित भएको निर्वाचन अधिकृत डम्बर खड्काले जानकारी दिए । नव निर्वाचित समितिको सपथ तथा पदभार कार्यक्रम यही असोज २० गते हुने निर्वाचन मण्डलले जानकारी गराएको छ ।

nijgadh-supermart-adz1200-630